बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल

तनहुँ | असोज १३, २०७९

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल तस्बिर फाइल

तनहुँ  :  तनहुँको  प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ । असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन् । 

 

विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउने क्रम सुरु भएको व्यवसायी बताउँछन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी किसन प्रधानले विदेशी पर्यटकको आगमन सुरु भएको जानकारी दिनुभयो । 

 

“तीन दिन अगाडिमात्रै ७० विदेशी पाहुना बन्दीपुर आउनुभयो”, प्रधानले भन्नुभयो, “आइतबार पनि २५ जना आउनुभएको छ, अब बन्दीपुरमा विदेशीको चहलपहल थप बढ्ने विश्वास लिएका छौं।” बन्दीपुर आउने पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन् । 

 

चिनियाँ पर्यटक भने बन्दीपुरमा ठप्प रहेको उहाँले बताउनुभयो । “पहिला पहिला बन्दीपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटक ठप्प छन्, युरोपेली मुलुकका पर्यटक आउँछन्”, उहाँले भन्नुभयो । 

 

विदेशी पर्यटकको घुम्ने समयका कारण नेपाल आएका पर्यटक प्याकेजमा बन्दीपुरसम्म आउने गरेको उहाँले सुनाउनुभयो । “नेपाल आएका पर्यटक पोखरा, सौराहा लगायतका ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दीपुर भ्रमणका लागि आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यहाँको रीतिरिवाज, रहनसहन देखेर उनीहरु मख्ख पर्छन् ।”


बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भए पनि स्वदेशी पर्यटक भने न्यून रहेको व्यवसायी बताउँछन् । होटल व्यवसायी बसन्त पौडेलले स्वदेशी पाहुनाको आगमन घटेको बताउनुभयो । “स्वदेशी पाहुना फ्याट्टफुट्ट मात्रै बन्दीपुर आइपुगेका छन्”, उहाँले भन्नुभयो । 

 

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । 

 

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइँ बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्